सुदूर नेपाललाई विश्वसँग जोड्दै

इराक र सिरियामा अमेरिकाको आक्रमण, ६ जनाको मृत्यु

२०८० माघ २०, ०८:५९

अमेरिकी सेनाले इराक र सिरियामा इरान समर्थित मिलिसियाका क्याम्पमा आक्रमण शुरु गरेको छ। आफ्नो हवाइ बेसमा भएको आक्रमणको बदलामा अमेरिकाले शक्तिशाली कारबाही शुरु गरेको हो। जोर्डनको हवाइ बेसमा तीन अमेरिकी सैनिक मारिएका थिए। केही घाइते भएका थिए।

त्यसलगत्तै आक्रोशित बनेको अमेरिकाले इरान समर्थित लडाकू समूहलाई जवाफ दिने प्रतिक्रिया दिएको थियो। साथै अमेरिकी संसदको प्रतिपक्षी दल रिपब्लिकन पार्टीले इरानमै आक्रमण गर्न सरकारलाई दबाब दिएको थियो। अमेरिकाले इराक र सिरियामा शुरु गरेको कारबाही २५ मिनेटभित्र विभिन्न सात ठाउँमा हवाइ आक्रमण गरेको एजेन्सीले जनाएका छन्। आक्रमणमा हालसम्म ६ जनाको मृत्यु भएको बताइएको छ।

कमेन्ट लोड गर्नुस