सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै

। फोटो स्रोत ।
२०७६ वैशाख २९, १०:३६ खबर संवाददाता

आज देशभर विभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदैछ। आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिनको अवसरमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ। अन्तराष्ट्रिय नर्सिङ काउन्सिल आइसिएनको आह्वानमा यो दिवस मनाउने गरेको हो। 

आइतबार नेपालमा पनि नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरुले दिवसका अवसरमा विभिन्न कार्यक्रम गरि मनाईरहेका छन्। नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका नर्स गरी झण्डै ४८ हजार ९ सय बढि रहेको नेपाल नर्सिङ परिषदको तथ्याङकमा उल्लेख गरिएको छ।नेपालमा सरकारी तथा निजी स्तरमा गरी झण्डै साढे २ सय शिक्षण संस्थाबाट वार्षिक रुपमा ८ हजार भन्दा धेरै जनशक्ति उत्पादन हुने गरेका छन्। 

विकसित देशमा सामान्यतया तीनजना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान रहेको छ, तर नेपालमा भने एकजना नर्सले २० देखि ३० जना भन्दा धेरै बिरामी हेरिरहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

 

कमेन्ट लोड गर्नुस