सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक कुखुरा फर्ममा आगलागी

२०८० माघ १९, ०४:५२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक कुखुरा फर्ममा आज (शुक्रवार) आगलागी भएको  छ।

जिल्लाको भीमदत्त नगरपालिका–१५ गोबरीया स्थित करन कार्कीले संचालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो। बिजुलीको तार सर्ट भएर आगलागी भएको खुलेको छ।

आगलागी हुँदा उक्त फर्म भित्र रहेका ७०० वटा कुखुराका चल्लाहरू जलि अन्दाजी ६० हजार बराबरका क्षती भएको छ। उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस