सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिड्नीका नेपालीलाई १० लाख डलर सहयोग गर्ने अष्ट्रेलियाली मन्त्रीको घोषणा

२०७६ वैशाख २८, ०९:५५ खबर संवाददाता

सिड्नीमा नेपाली सामुदायिक भवन निर्माणका लागि अष्ट्रेलियाका अध्यागमन मन्त्री डेभिड कोलम्यानल १० लाख डलर सहयोग गर्ने घोषणा गरेका छन्। शनिबार सिड्नी र गैरआवासीय नेपाली संघको ओसिनिया रिजनल सम्मेलनमा उनले सहयोगको घोषणा गरेका हुन्। सिड्नीमा रहेको सबैभन्दा पुरानो संस्था नेप्लीज अष्ट्रेलियन एसोसिएसन (एनएए)मार्फत् उनले रकम सहयोग गर्ने घोषणा गरेका हुन्। उक्त घोषणा गरेको सहयोगलाई सिड्नीमा रहेका नेपाली समुदायले महत्वपूर्ण उपलब्धी ठानेको सम्मेलनका आयोजक तथा गैरआवासीय नेपाली संघ ओसिनिया संयोजक धर्मराज अधिकारीले जानकारी दिए। 

उक्त सम्मेलनमा नेपालको संघीय सरकारका कानून मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोल्म्यान, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेलगायतका नेताहरु र ब्यवसायीहरुको सहभागिता रहेको छ। ‘इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ मूल नारा राखिएको यो सम्मेलनमा विभिन्न बुद्धिजिवीहरुले कार्यपत्रहरु पेश गर्ने र त्यसमाथि बहस हुने आयोजकको जनाएको छ।

संयोजक अधिकारीले नेपालमा अहिले स्थिर सरकार भएकाले विकासका निम्ति उपयुक्त वातावरण बनेको र अब प्रवासी नेपालीहरुले योगदान गर्न सक्नेबारे सम्मेलनमा छलफल हुने बताए। अस्ट्रेलियासहित न्युजिल्याण्ड, पपुवान्युगिनी, भानुवाटु लगायत देशमा एनआरएनका संगठन बनेका छन, जसको नेतृत्व ओसियाना रिजनल समितिले गर्छ। मे ११ र १२ सम्म चल्ने ओसियाना सम्मेलन नेपाल सरकार र त्यहाँका निकायहरुका लागि नेपाल प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर रहेको बताइएको छ। सम्मेलनको क्रममा एनआरएन अन्तराष्ट्रिय समितिको चुनावी चहलपहल बढ्ने जनाइएको छ। 

कमेन्ट लोड गर्नुस