नेपाल पुलिस सुदूरपश्चिमसँग १९८ रनमै अलआउट

२०८० माघ १८, ०१:५९
धनगढीः प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले १९८ रनमा अलआउट गरेको छ।
मूलपानीमा पहिला ब्याटिङ गरेको पुलिस ४७।५ ओभरमा अलआउट भएको हो।
पुलिसका लागि शंकर रानाले ४६ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए। सुदूरपश्चिमका शेर मल्लले ३ तथा नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान २ विकेट लिए।



कमेन्ट लोड गर्नुस