सुदूर नेपाललाई विश्वसँग जोड्दै

समृद्धिको अभियानमा लाग्न युवालाई हमालको आग्रह

२०७६ वैशाख २८, ०६:५०

युवा शान्ती परिषद्को आयोजनामा धनगढीमा द चेन्ज मेकर अभियान अन्तरगत साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथी सुन्दर सुदुरपश्चिमका अभियान्ता गोपाल हमालले उपस्थित युवाहरुसंग अनुभव आदानप्रदान गरेका थिए। 
सो अवसरमा उनले समृद्ध सुन्दर सुदूरपश्चिम बनाउनमा युवाहरुको सकिृयता र सहभागीता महत्वपुर्ण रहने बताए। छलफल कार्यक्रममा उपस्थित युवाहरुका जिज्ञासालाई प्रष्ट्याउदै हमालले हाम्रो देशमा सम्भावना छन भनेर ढुक्कसँग बसेर विकास नहुने बताउँदै त्यसका लागि सकृय रुपमा सबैले आ–आफ्नो ठाँउबाट लाग्न अनुरोध गरे। देशमै केही गर्न चाहने युवाहरुलाई आफुले सक्दो सहयोग गर्ने समेत उनले बताए। 

कमेन्ट लोड गर्नुस