सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार डडेल्धुराका पनेरुलाई

२०८० माघ १८, ११:३३ खबर संवाददाता

धनगढी : डडेल्धुराका नवराज पनेरुलाई यस वर्षको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ।

पत्रकारिताको माध्यमबाट नेपालको खेलकुद क्षेतमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई नगद २५ हजार रुपैयाँसहित खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० प्रदान गरिएको हो।

युवा तथा खेलकुद मन्त्रालयले उनलाई पुरस्कार प्रदान गरेको जनाएको छ। पत्रकार पनेरु नयाँ पत्रिकामा कार्यरत छन्।

कमेन्ट लोड गर्नुस