सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन संसदीय समितिको बैठक बस्दै

२०८० माघ १८, ०९:०९ खबर संवाददाता

काठमाडौँ: आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार आज बिहान साढे ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ।

बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ। त्यस्तै साढे ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल हुनेछ। दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ।

कमेन्ट लोड गर्नुस