पेट्रोलियम पदार्थको मूल्य वृद्धि
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो। बुधवार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु चार, डिजेल–मट्टितेलमा रु दुई र एलपी ग्यासमा रु १५ बढाइएको छ। इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। अब काठमाडौँमा प्रतिलिटर पेट्रोलको मूल्य रु १७०, डिजेल, मट्टितेलको मूल्य रु १५८ र खाना पकाउने एलपी ग्यासको मूल्य रु एक हजार ९१० कायम भएको छ।