सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेस्रो मुख्यमन्त्री भलिबलमा विभागीय टोलीको दबदबा

२०८० माघ १७, ०९:४० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो सुदुरपश्चिम मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा बुधवार चौँथो दिनको खेलमा पनि विभागीय टोलीले दबदबा कायम राखेका छन्।

विभागीय टोली नेपाल पुलिस क्लव, एपीएफ र त्रिभुवन आर्मी क्लबसँगै गण्डकी प्रदेश विजयी भएका छन्। प्रतियोगिताको चौँथो दिनको पहिलो खेलमा नेपाल पुलिस क्लवले कोशी प्रदेशलाई २५–१३, २५–१३ र २५–२० को सोझो सेटमा पराजित गरेको हो।

दोस्रो खेलमा एपीएफले आयोजक सुदूरपश्चिम प्रदेशलाई २५–१७, २५–१३ र २७–२५ ले पराजित गरेको हो। यसैगरि त्रिभुवन आर्मी क्लवले लुम्बिनी प्रदेशलाई २५–२०, २५–८ र २५–१७ ले पराजित ग¥यो। गण्डकी प्रदेशले कर्णालीलाई २५–१८, २५–१८ र ३२–३० ले पराजित गरेको हो। माघ १४ देखि सुरु भएको प्रतियोगिता २० गतेसम्म चल्नेछ। प्रतियोगितामा ३ विभागीयसंगै ७ प्रदेशका गरि १० टिमको सहमागीता रहेको छ।

कमेन्ट लोड गर्नुस