धनगढीको कपडा बैँकलाई २६० थान कपडा सहयोग
धनगढी : कैलालीको धनगढीमा रहेको कपडा बैँकलाई २६० थान कपडा सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैँकलाई २६० थान कपडा सहयोग गरिएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको ग्यालेक्सी सेकेन्डरी स्कुलले कपडा सहयोग गरेको छ। शिवपुरी धाममा रहेको कपडा बैँकबाट चाहेकाले नि शुल्क कपडा वितरण हुँदै आएको छ। धनगढीका नगर प्रमुख गोपाल हमालको परिवारले नि शुल्क वितरणका लागि कपडा बैँक निर्माण गरेका हुन्।