सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ३० क्वीन्टल अवैध चिनीसहितको गाडी प्रहरी नियन्त्रणमा

२०८० माघ १६, ०४:११ खबर संवाददाता

धनगढीः कैलालीमा ३० क्वीन्टल अवैध चिनी बोकेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोलीले मंगलबार दिउँसो गौरीगंगा नगरपालिकाको बडैपुरबाट अबैध चिनी बोकेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ३९५७ नम्बरको मालबाहक सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गाडीमा रहेको ५० किलोका ६० बोरा चिनी र दुई बोरा बिडी बरामद गरिएको छ। अवैध चिनीसहित बरामद गरिएको ट्रकको मुचुल्का गरेर आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइने प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस