सुदूर नेपाललाई विश्वसँग जोड्दै

नौ महिनामा पाँच अर्बको चामल आयात

२०७६ वैशाख २८, ०१:२१ खबर संवाददाता

चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ। गत साउनदेखि हालसम्म ९७ हजार ७ सय ३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो। नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत परमानन्द जोशीका अनुसार भारतबाट आयात गरिएको चामलबाट कार्यालयले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म ३९ करोड २६ लाख ५१ हजार २३२ राजश्व सङ्कलन गरेको छ। कृषि प्रधान देश भए पनि दैनिक लाखौँ मूल्यको चामल नेपाल भित्रिरहेको छ।

नेपालगञ्ज नाका हुँदै भित्रिएको चामल स्थानीय बजार र पहाडी जिल्लामा खपत हुने गरेको छ। देशमै बाँके, बर्दिया र दाङमा चामल उत्पादन हुने प्रमुख जिल्लाका रुपमा चिनिन्छन्। तर मागअनुसार उत्पादन बढाउन नसक्दा पछिल्लो समय करोडौँ मूल्यको चामल भारतबाट आयात गर्नुपर्ने बाध्यता छ। नेपालमा छिमेकी देश भारतसँगै चीन, थाइल्याण्ड र बङ्गलादेशबाट पनि चामल आयत हुने गर्दछ।  रासस
 

कमेन्ट लोड गर्नुस