सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी सैन्य बेसमा ड्रोन हमला, तीन सैनिकको मृत्यु

२०८० माघ १५, ०७:४७

जोर्डन र सिरियाको सीमा नजिकै रहेको अमेरिकी सैन्य बेसमा भएको ड्रोन हमलामा कम्तीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इरान समर्थित चरमपन्थी समूहले यो आक्रमण गरेको दाबी गर्दै ‘आफूहरूले यसको जवाफ दिने’ बताएका हुन्। गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि मध्यपूर्वमा अमेरिकी सैनिक मारिएको यो पहिलो घटना हो।

यता जोर्डनले यो हमला आफ्नो देशभित्र नभएर सिरियामा भएको बताएको छ। यो क्षेत्रमा यसअघि पनि ड्रोन हमलाहरू हुने गरेका थिए। तर, अमेरिकी सेनाले हालसम्म पनि हताहतको रिपोर्ट सार्वजनिक गरेको थिएन। यो हमला कसले ग¥यो भन्ने हालसम्म खुलेको छैन। तर, राष्ट्रपति बाइडेनले घटनामा जिम्मेवारहरूलाई सजाय दिइने स्पष्ट पारे।

कमेन्ट लोड गर्नुस