सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माणमा ढिलाई गरेको भन्दै धनगढी–अत्तरिया ६ लेन सडक अवरुद्ध

२०७६ वैशाख २८, १०:०२ खबर संवाददाता

निर्माणमा ढिलाई गरेको भन्दै धनगढी–अत्तरिया ६ लेन सडक अवरुद्ध गरिएको छ। धनगढीको राजपुरमा स्थानीय सडक अवरुद्ध पारेका हुन्। सडक निर्माणमा भएको ढिलासुस्तीका कारण दुर्घटना बढ्दै गएको भन्दै स्थानीयले सडकमा यातायात सञ्चालन गर्न दिएका छैनन्। उनीहरुले सडक धुलाम्य भएपनि नियमित पानी समेत नहालेको आरोप लगाएका छन्।

सडक खण्ड अन्तरगत शुक्रवार मात्रै धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ बर्षिय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भएको थियो। ६ लेन सडक निर्माण सुरु भएदेखि ६ जनाले ज्यान गुमाईसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस