सुदूर नेपाललाई विश्वसँग जोड्दै

कङ्गोमा विद्रोहीको आक्रमणमा १९ जनाको मृत्यु

२०८० माघ १३, ०८:५१ खबर संवाददाता

उत्तरी कङ्गोको किभु प्रान्तमा विद्रोही लडाकुले गरेको आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ। द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा पछिल्लो घटना भएको त्यहाँको सेनाले पुष्टि गरेको छ।

नाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जी.एन.काइकोले विद्रोही लडाकुहरूले म्वेसो सहरमा मोर्टार बम प्रहार गरेको बताएका छन्। हमलामा २७ सर्वसाधारण पनि घाइते भएका छन्। आक्रमणपछि सर्वसाधारणले म्वेसोको सरकारी अस्पतालमा शरण लिएका थिए ।

कमेन्ट लोड गर्नुस