सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्यानमारा बन्दै धनगढी–अत्तरिया ६ लेन सडक, निर्माण सुरु भएपछि ६ जनाको मुत्यु

२०७६ वैशाख २८, ०६:५७ खबर संवाददाता

महाकाली राजमार्गको मोहनापुल–अत्तरिया खण्ड ज्यानमारा बन्दै गएको छ। निर्माण सुरु भएसंगै मोहनापुल–अत्तरिया ६ लेन सडकमा दुर्घटना बढ्दै गएका छन्।  सडकमा निर्माणाधिन अवस्थामा रहेका कल्भर्टमा पनि धेरै पटक सवारी दुर्घटना भईसकेको छ। निर्माण सुरु भएपछि मात्रै ६ जनाले ज्यान गुमाईसकेको जिल्ल ट्राफिक प्रहरीले जनाएको छ। १४ दशमलव २ किलोमिटरको दुरीमा पछिल्लो डेढ बर्षमा मात्रै ६ जनाले अकालमै ज्यान गुमाएका हुन्। अन्य धेरै घाईते भएका छन्। आयोजना कार्यालयको लापरबाही, निर्माण कम्पनीको ढिलासुस्ती र गैर जिम्मेवारीका कारण ६ लेन सडक ज्यानमारा बन्दै गएको धनगढी बोराडाँडीका हेमराज पाण्डेयको छ। 

शुक्रवार मात्रै धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। युपी ३१ टि ४८१७ नम्वरको ट्रकले से ६ प ३२ १७ नम्वरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ बर्षिय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भएको हो।  स्कुटरमा सवार अन्य एक जना भने घाईते भएका छन्। यसअघि २०७४ मंसिर ५ गते धनगढी उप–महानगरपालिका १३ राजपुरमा धनगढीबाट नेपालगञ्ज जादै गरेको ना ४ ख ३३३९ नम्बरको बसले साईकल यात्रुलाई ठक्कर दिदा साईकलमा सवार कञ्चनपुर गुलरीयाका ३० बर्षिया सञ्जिव राजीको ज्यान गएको थियो। मंसिर १३ गते कञ्चनपुरको  बेलौरी नगरपालिका २ का २० बर्षिया पदम भण्डारी र  गोदावरी नगरपालिका ५ का २८ बर्षिया गगन भाट सवार लु ३४ प ३८२२ नम्बरको मोटरसाईकलले ना ५ ख ५५८ नम्बरको ट्र्याक्टरलाई उछिन्दा दुर्घटना भयो र दुबै जना घाईते भए।

२०७४ को पुष २७ गते सेती–महाकाली ट्रक व्यवसायी समितिको कार्यालय अगाडी दुर्घटना भयो र धनगढी उप–महानगरपालिका ४ का भुपेन्द्र रावतको मृत्यु भयो। बाजुराबाट धनगढी आउँदै गरेको ना ५ ख ८४६ नम्बरको बसले ठक्कर दिदा रावतको मृत्यु भएको थियो। २०७४ को माघ २६ गते बोराडाडीमा से १ ख ९९५ नम्बरको ट्रकले साईकललाई ठक्कर दियो। धनगढी विशालनगरका डम्मरी ठकुराठी घाईते भए।  चैत्र १२ गते २०७४ मा धनगढी वडा नम्बर १३ एरपोर्ट जाने बाटो नजिक से ५ प ९००७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटना हुदा कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ का २५ बर्षिय तिलकबहादुर रोकाया गम्भिर घाईते भए। आयोजना सुरु भएको पहिलो बर्ष मात्र दुई जनाको मृत्यु भएको थियो।

२०७५ को बैशाख १६ गते बोराडाडी आर्मी व्यारेक नजिक धनगढीबाट अत्तरिया जादै गरेको से ३ प ३६३५ नम्बरको मोटरसाईकलमा सवार धनगढी ४ का २७ बर्षिय अशोक पाण्डेको मृत्यु भयो भने २०७५ कार्तिक २ गते मोहनपुरमा से ३ प ३९७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भयो र मोटरसाईकल चालक धनगढी ४ का २० बर्षिय सागर चौधरीको मृत्यु भयो। जेठ २६ गते धनगढी–अत्तरिया सडक खण्डमा ना ४ ख ८२३२ नम्बरको बस र से ६ प ५०३२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किए। मोटरसाईकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ का शुभम चन्द र धनगढी ४ का आकाश ढकाल घाईते भए। यस्तै कार्तिक ७ गते भएको दुर्घटनामा से १ प ११३८ नम्बरको जिपले बा ११ प.३९५४ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा लिलादेवी सिँह घाईते भए।
 

कमेन्ट लोड गर्नुस