कैलालीमा एक घरमा आगलागी

२०८० माघ १२, ०३:५८
धनगढीः कैलालीमा एक घरमा आगलागी भएको छ।
घोडाघोडी नगरपालिका–८ दिपनगरका भोगबहादुर साँउदको गोठमा बिजुलीको तार सर्ट भई शुक्रवार बिहान आगलागी भएको हो।
आगलागीबाट गोठमा रहेका पराल, काठ लगायतका सामानहरु जलि अन्दाजी एक लाख बराबरको क्षति भएको छ। उक्त आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिएको हो। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।


कमेन्ट लोड गर्नुस