धनगढीको कपडा बैँकलाई सहयोग
२०८० माघ ११, ०३:०१
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैँकलाई सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ रामजानकी टोलका दिलबहादुर सिंहले कपडा सहयोग गरेका हुन्। उनले ३१ थान कपडा सहयोग गरेका बैँकले बताएको छ।
धनगढीको शिवपुरी धाममा नगर प्रमुख गोपाल हमालसहितका दाजु–भाइको लगानीमा कपडा बैँक सञ्चालनमा रहेको छ। चिसोको समयमा कपडा बैँकबाट कपडा लिने रहेको सङ्ख्या धेरै रहेको छ।
कमेन्ट लोड गर्नुस