सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एक लाख बढीका सामान बरामद

२०८० माघ ११, ०८:०७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट एक लाख बढीका सामान बरामद गरिएको छ। धनगढीको दुई स्थानबाट १ लाख २३ हजार २ सय बराबरको सामान बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

धनगढी–२ मिलनचोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ९४ हजार ४ सय मूल्य बराबरको चिनी, प्याज, साडी, लेहेंगा, धोती, सुईटर, जेनरेटरका बिभिन्न पार्टपुर्जा लगायतका सामान बरामद गरिएको हो। यस्तै धनगढी ३ ट्राफिक चोक र ब्यारेल अगाडीबाट २८ हजार ८ सय बारबरका चिनी, प्याज, खुर्सानी, केराउ नरिवल, साईकलको ट्युव लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस