सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भालुको आक्रमणबाट २ युवती घाइते

२०८० माघ १०, १०:१७ खबर संवाददाता

अछामः अछाममा भालुको आक्रमणबाट २ युवती घाइते भएका छन्।

घाइते हुनेमा रामारोशन गाउँपालिका वडा नम्बर-५ का २० वर्षीया पार्वती शाह र १९ वर्षीया सरस्वती शाह रहेका छन्। खरमेला जाने क्रममा उनीहरुलाई भालुले आक्रमण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष केशरबहादुर शाहले जानकारी दिए। उनीहरुको अवस्था गम्भिर रहेकाले उपचारका लागि जिल्ला बाहिर लैजानको लागि हेलिकप्टरको व्यवस्था गरिरहेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस