सुदूर नेपाललाई विश्वसँग जोड्दै

आर्थिक वृद्धिदर भएका क्षेत्रहरुमा करको दायरा बढाउन अर्थमन्त्रीको निर्देशन

। फोटो स्रोत ।
२०७६ वैशाख २७, ०३:५३ खबर संवाददाता

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदर भएका क्षेत्रहरुमा करको दायरा बढाउन ढिलाई गरेको भन्दै आक्रोश व्यक्त गरेका छन। उनले छिटो भन्दा छिटो करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई निर्देशन पनि दिएका छन्।

 शुक्रबार आन्तरिक राजस्व विभागले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोडन र अनावश्यक क्षेत्रमा कर असुली नगर्न सम्बन्धित निकायलाई सचेत गराएका छन। उनले ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएका क्षेत्रहरुमा करको दायरा बढाउन ढिलाई गरिएकोमा आक्रोश व्यक्त गरेका हुन्।

उनले कृषि क्षेत्रबाहेकका अन्य क्षेत्रमा ६, ७ र ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएकाले त्यसको करको दायरा बढाउन ढिलाई गर्न नहुने बताए। ‘सेल्स प्वाईन्ट’ मै मूल्य वृद्धि कर असुली गर्न आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई सचेत हुन पनि आग्रह गरे। उनले सेल्स गर्ने तर मूल्य अभिवृद्धि कर तीर्न महिनौं लगाउने प्रथाको अन्त्य गरेर अघि बढने योजना रहेको बताए। 
 

कमेन्ट लोड गर्नुस