सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा १० महिने छोरी जिउदै जलाउने आमाबुबा पक्राउ

२०७६ वैशाख २७, ०१:५० खबर संवाददाता

दार्चुलामा १० महिने शिशुलाई जिउँदै जलाएको आरोपमा एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको व्यास गाउँपालिका ५ चुकपानीमा १० महिने शिशु (छोरी) लाई खरको थुप्रोमा राखेर आगो लगाएको आरोपको स्थानीय नविन विष्ट र उनकी श्रीमती शिला विष्ट पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी नीरिक्षक हिक्मत बोहोराले विष्ट दम्पत्तीले बीहिबार राति शिशुलाई खरको थुप्रोमा राखेर जलाएको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए। उनले शिशुको जलेर मृत्यु भईसकेको र विष्ट दम्पत्तीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीका अनुसार शिशुको हत्या गरेर भाग्ने क्रममा स्थानीयको सहयोगमा उनीहरु पक्राउ परेका थिए। 
 
 

कमेन्ट लोड गर्नुस