सशस्त्र प्रहरीद्धारा डडेल्धुरामा अनाथ बालबालिकालाई सहयोग

डडेल्धुराः सशस्त्र प्रहरीले डडेल्धुरामा अनाथ बालबालिकालाई सहयोग गरेको छ।
सशस्त्रले अनाथ बालबालिकालाई न्यानो कपडा, खाद्यान्न र फलफूल सहयोग गरेको छ। २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेड क्वाटर डडेल्धुराले अमरगढी नगरपालिका–७ पोखरामा रहेको बेदस्था बालगृहलाई उक्त सामग्री सहयोग गरेको हो।
५२ गुल्म हेड क्वाटर डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्रबहादुर पालका अनुसार प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको उपस्थितिमा बेदस्था बालगृहमा रहेका अनाथ बालबालिकालाई न्यानो कपडा, खाद्यान्न र फलफूल सहयोग गरिएको छ।



