सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदमा प्रयोग भएका अमर्यादित शब्द हटाइने

। फोटो स्रोत ।
२०७६ वैशाख २७, ०१:३२ खबर संवाददाता

सभामुख कृष्णबहादुर महराले सरकारको नीति तथा कार्यक्रमको छलफलमा जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गरेको असंसदीय शब्द संसदको रेकर्डबाट हटाईने बताएका छन। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा महराले सो कुरा बताएका हुन। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिएपछि प्रधानमन्त्री ओलीलाई पुनः स्पष्टिकरण सोधिएको थियो। 

स्पष्टिकरणमा उठेका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरा छाडेर प्रश्नको जवाफ दिन्छु भनेपछि प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नलाई निम्छरा भनेर असंसदीय भाषा प्रयोग गरेको भन्दै विरोध गरेका थिए। 

सोहि दिन प्रतिपक्षीले प्रधानमन्त्री ओलीले बोलेको असंसदीय शब्द रेकर्डबाट हटाउन माग गरेका थिए। सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले बोलेको विषयमा आफ्नो ध्यानाकर्षण भएकाले बस्न पटक पटक अनुरोध गरेकोमा शुक्रबार बसेको  बैठकको सुरुमा नै महराले असंसदीय प्रयोग भएका शब्दहरुलाई संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएको हो।
 

कमेन्ट लोड गर्नुस