सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बँदेलको आक्रमणबाट २ जना घाइते 

२०८० माघ ८, ०४:१२ खबर संवाददाता

बैतडीः बैतडीमा बँदेलको अक्रमणबाट २ जना घाइते भएका छन्।

जिल्लाको मेलौली नगरपालिका–२ सलेनाका अन्दाजी ३२ वर्षीय ओमप्रकाश जोशी र सोही वडाका ९ वर्षीया करिस्मा दयाल बँदेलको अक्रमणबाट घाइते भएका हुन्। आइतवार दिउंसो घरमै बसीरहेका जोशीलाई बँदेलले आक्रमण गरी घाइते बनाएको हो। यस्तै करिस्मालाई पनि आइतवार साँझ घर नजिकै घाइते बनाएको प्रहरीले जनाएको छ।

बालिकाको आँखामा गम्भिर चोट लागेको छ भने जोशीको खुट्टामा चोट लागेको बताइएको छ। जोशीको डडेल्धुरामा र दयालको गेटा आँखा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक गिरीले बताए।

कमेन्ट लोड गर्नुस