सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कृष्ण मन्दिरमा शान्ति पाठ र हवन सम्पन्न

२०८० माघ ८, ०१:१० खबर संवाददाता

धनगढीः भारतको अयोध्यामा हुन गइरहेको राम मन्दिरको उद्घाटनको अवसरमा धनगढीको कृष्ण मन्दिरमा शान्ति पाठ, जप र हवन गरिएको छ। सोमवार बिहान मन्दिरमा राम नाम जप, सुन्दरकाण्ड रामायण पाठ, हनुमान चालिसा पाठ, गायत्री तथा नमो भगवते वासुदेवायः मन्त्रको १०८ पटक हवन गरिएको लक्ष्मीनारायण चौक पूजा व्यवस्थापन अक्षय कोषका संयोजक सीताराम अवस्थीले बताए।

अयोध्यामा आज हुने राम मन्दिरको उद्घाटनको अवसरमा बिहान पूजा तथा शान्ति पाठ सम्पन्न भएको छ भने साँझ ७ बजे कृष्ण मन्दिरमा १०८ दियो प्रज्वलन गरिने अवस्थीले बताए। दियो जलाउने कार्य गायत्री परिवारले गर्नेछ भने सर्वसाधारणलाई साँझ आ-आफ्नो घरमा दिपावली गर्न आग्रह गरिएको छ।
 

कमेन्ट लोड गर्नुस