सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एकै दिन ४ लाख बढीका सामान बरामद

२०८० माघ ८, ११:४३ खबर संवाददाता

धनगढीः कैलालीमा एकै दिन ४ लाख बढीका सामान बरामद गरिएको छ। कैलाली जिल्लाको विभिन्न स्थानबाट एकै दिन ४ लाख ४१ हजार २ सय ३० मूल्य बराबरको सामान आईतवार प्रहरीले बरामद गरेको हो।

धनगढी उपमहानगरपालिका-२ पुरानो सब्जीमण्डीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५ हजार बराबरको प्याज, धनगढी-३ त्रिनगर ब्यारेल नजिकबाट अन्दाजी ८५ हजार २ सय ३० मूल्य बराबरको चिनी, पास्ता, माछा, नरिवल, जिरा, मिठाई, बिष्कुट, ललिपप, मटर दाना लगायतका सामान बरामद गरिएको छ।

यस्तै धनगढी–७ राम भगवत चोकबाट अन्दाजी २५ हजार मूल्य बराबरको प्याज र भजनी नगरपालिका–२ पल्टिपुरबाट अन्दाजी ३ लाख २६ हजार मूल्य बराबरको साडी, धोती, थान कपडा, मोटरसाईकल १ थान लगायतका सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस