सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल बन्द भएपछि चौतर्फी समस्या

२०७६ वैशाख २७, ०१:२५

विरबहादुर सिंह – धनगढी विमानस्थल बन्द भएपछि सुदूरपश्चिमबासी समस्यामा परेका छन्। विमानस्थल मर्मत गर्नुपर्ने भन्दै एक महिनाका लागि बन्द गरिएपछि प्रदेशबासी समस्यामा परेका हुन्। विमानस्थल सञ्चालनमा रहेका बेला गम्भीर प्रकृतिका विरामी तथा आकस्मिक कामका लागि सहजै हवाई यात्रा मार्फत काठमाडौँ जान सकिने अवस्था रहेको थियो। तर विमानस्थल बन्द भएपछि भने गम्भीर प्रकृतिका विरामी र आकस्मिक काम परेपनि नेपालगञ्ज सम्म ४ घण्टाको सडक यात्रा गरी काठमाडौँ जानुपर्ने बाध्यता आईलागेको छ।

धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तारका लागि धनगढी विमानस्थल एक महिनाका लागी बन्द गरिएपछि आकस्मिक कामका लागि धनगढी–काठमाडौँ हवाई सेवा गर्नुपर्ने बाध्यता आईलागेकाहरु समस्यामा परेका छन्। त्यस्ता यात्रुहरु अहिले धनगढीदेखि नेपालगञ्ज सम्म सडक यातायात मार्फत पुग्ने र नेपालगञ्जबाट हवाई यात्रा गर्दै आएका छन्।  बिहिबार नेपालगञ्जबाट काठमाडौँ हवाई यात्रा गरेका धनगढीका मानसिंह धामीले समस्या भएको बताए। धनगढी विमान स्थल मर्मतका बिचमा पनि हवाई सेवा सुचारु भएको भए एक घण्टामा धनगढी–काठमाडांैँ हवाई यात्रा गर्न सकिने थियो तर विमानस्थल बन्द गरिदा धनगढीबाट ४–५ घण्टाको सडक यात्रा गर्दै नेपालगञ्जबाट काठमाडौँ जानुपर्ने बाध्यताका कारण समुस्या भएको उनले बताए।

सबै प्रदेशबासीले हवाई यात्रा नगर्ने भएपनि आपतकालीन अवस्थामा सेवा लिदै आएका छन्। तर अहिले विमानस्थल एक महिनाका लागि बन्द भएपछि सबै भन्दा बढी गम्भीर प्रकृतिका विरामी परेका छन्। यता राहतदुत ट्राभल्स धनगढीका सञ्चालक धन्नजय जोशीले भने यात्रुहरुको मध्यनजर गरि बिभिन्न ट्राभल्सहरुको पहलमा नेपालगञ्ज सम्म सेवा दिदै आएको बताए।

 मर्मतका बेला समेत हवाई सेवा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन माग गर्दै चौतर्फी दबाब परेपनि धनगढी विमानस्थल कार्यालयले बन्द गर्नुको विकल्प नभएको बताउदै आएको छ। कार्यालयले बन्द गर्नुको विकल्प नभएको दावी गरिरहेका बेला पनि विभिन्न पेशागत संघसंगठनले दबाब दिदै आएका थिए। अहिले पनि संघसंस्थाहरुले हवाई सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरिरहेको बताउदै आएका छन्।

कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले भने आफूहरुले बन्द हुनु पुर्व नै दबाब दिदै आएको बताए पनि अहिले बिमानस्थल एक महिनाका लागी बन्द गरिएको छ। अहिले  धनगढी विमानस्थलको ६० मिटर चौडाई र १८ सय मिटर लम्वाई  बृद्धिसंगै दुवैतर्फ २÷२ मिटर फराकिलो बनाउने योजना समेत रहेको छ । यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस