सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बसपार्कबाट भन्सार छलीको सवा लाखका कपडा बरामद

२०७६ वैशाख २७, १२:२४ खबर संवाददाता

सशस्त्र प्रहरीले धनगढीमा भन्सार छली गरेर लैजादै गरेको झण्डै डेढ लाख बराबरको समान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका सशस्त्र प्रहरी नायब नीरिक्षक केशव बहादुर शाही नेतृत्वको टोली आज बिहान धनगढी बसपार्कबाट झण्डै एक लाख बराबरको समान बरामद गरेको हो।

धनगढी बसपार्क क्षेत्रबाट भन्सार छलेर लगिरहेको एक लाख २७ हजार बराबरको लेडिज लेगिज र किराना समान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गणले जनाएको छ। बरामद गरिएका समान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय पठाईएको गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक विष्णु प्रसाद भट्टले जानकारी दिए। 
 
 

कमेन्ट लोड गर्नुस