सुदूर नेपाललाई विश्वसँग जोड्दै

अखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी

२०८० माघ ७, ०९:४४ खबर संवाददाता

काठमाडौंः अखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

१५ वर्षअघि भएको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले शुक्रवार अनुमति दिएको प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्णबहादुर खड्काका अनुसार कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनिहरुलाई पक्राउ गर्न अनुमति दिएको हो।

पक्राउ पुर्जी जारी हुनेमा सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्की रहेका छन्। उनिहरु विरुद्ध राजबहादुरका  बुबाले  २०७९ साउन ३ गते पुरक किटानी जाहेरी दिएका थिए। हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएका थिए। मल्लको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस