सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको एक पालिकामा पशु स्वास्थ्य शिविर सञ्चालन

२०८० माघ ७, ०४:२४ खबर संवाददाता

बाजुराः बाजुरामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ को काँडामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुरा र गाउँपालिकाको पुश विकास शाखाको संयुक्त आयोजनामा एक दिने शिविर सञ्चालन गरिएको हो। शिविरमा २ हजार ८ सय बढी पशु चौपायाको उपचार गरिएको छ।

एक हजार ६ सय ८६ बाख्रा, ४ सय ८३ गाई, २९ कुखुरा, ३ सय ६४ गोरु, २ सय ३६ भैंसी, २ कुकुर र ५ घोडाको उपचार गरिएको बताइएको छ। पशुपालक किसानको व्यवसाय प्रवद्र्धन र विकासमा सहयोग पुर्‍याउने उद्देश्यले निःशुल्क पशु स्वास्थ्य उपचार शिविर सञ्चालन गरिएको पशु सेवा विज्ञ केन्द्र बाजुराका कार्यालय प्रमुख सिद्धराज जैशीले बताए।

कमेन्ट लोड गर्नुस