सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकारमाथि कुटपिट गर्ने धनगढीका व्यापारी थापालाई एक वर्ष सम्म कैद हुन सक्ने

२०७६ वैशाख २७, ११:४२ खबर संवाददाता

पत्रकारमाथि कुटपिट गर्ने धनगढीका व्यापारी तेजेन्द्र थापालाई एक वर्ष सम्मको कैद सजाय हुन सक्ने देखिएको छ। धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा रिर्पोटिङका लागि गएका बेला प्रधानाध्यापकको कार्यकक्षमै दिनेश खबरकर्मी जनक विष्टमाथि कुटपिट गर्ने थापलाई एक वर्ष सम्म कैद हुन सक्ने देखिएको हो। कुटपिट गर्ने थापा विरुद्ध मुलुकी अपराध(संहिता) ऐन २०७४ को दफा ११८ बमोजिम प्रहरीमा मुद्दा दर्ता गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ११८ बमोजिम कुटपिट गर्ने विरुद्ध उजुरी परेको जानकारी दिदै सोही दफामा भएको व्यवस्था अनुसार कारवाही हुने बताए। उनले जिल्ला प्रशासन कार्यालयले मुद्दाको सुनवाई गर्ने भएकाले अहिले नै यति सम्म सजाय हुन्छ भन्न नसकिने बताए।

तर दफामा सार्वजनिक स्थानमा प्रवेश गरी अभद्र व्यवहार गर्ने व्यक्तिलाई एक वर्ष सम्म कैद वा दश हजार रुपँैया सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। प्रहरी नायब उपरिक्षक बस्नेतले पत्रकारमाथि कुटपिट गर्नेलाई सोही अनुसार कारवाही हुने बताए। तर कसुरको प्रकृतिका आधार कम बढि सजाय हुन सक्ने प्रहरीले जनाएको छ।

धनगढीको त्रिनगर माध्यमिक विद्यालयको सटर भाडाको विषयमा रिर्पोटिङ गर्न गएका बेला दिनेश खबर÷एफएमका सहायक सम्पादक समेत रहेका विष्टमाथि व्यापारी थापाले प्रधानाध्यापककै कार्यकक्षमा प्रवेश गरी गालीकलौज गर्दै कुटपिट गरेका थिए। थापा त्रिनगर माध्यमिक विद्यालयकै स्वामित्वको सटर भाडामा लिएर व्यापार गर्दै आएका छन्। उनी अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस