१४ जना सशस्त्र प्रहरीले गरे डडेल्धुरामा रक्तदान

डडेल्धुराः १४ जना सशस्त्र प्रहरीले डडेल्धुरामा रक्तदान गरेका छन्।
आइतबार २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेड क्वाटर डडेल्धुरामा कार्यरत सशस्त्र प्रहरीले रक्तदान गरेका हुन्।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरासँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको ५२ गुल्म हेड क्वाटर डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्रबहादुर पालले बताए।
