सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जानकी गाउँपालिकामा पाटे बाघ मृत फेला

२०८० माघ ७, ०२:२४ खबर संवाददाता

धनगढीः कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ स्थित अमरावती सामुदायिक वन उपभोक्ता समूहको वनभित्र सिकारीले थापेको पासोमा परेर पाटे बाघ मृत अवस्थामा फेला परेको छ।

आइतवार स्थानीयले पासोमा परेर मृत अवस्थामा बाघ भेट्टाएका हुन्। मृत बाघको थप अनुसन्धानका लागि वन अधिकृतसहितको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ।

कमेन्ट लोड गर्नुस