सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्याक्टर पल्टिदा चालकको मृत्यु

२०७६ वैशाख २६, ०६:३० खबर संवाददाता

कैलालीको मोहन्याल गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मुत्यु भएको छ। आज विहान मोहन्याल गाउँपालिका सोल्टा बजार नजिक ट्याक्टर दुर्घटना हुँदा सोही स्थानका जयलाल नेवारको मृत्यु भएको हो।

सिमेन्ट सरियो लोड गरिएको से १ त ४५७१ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकबाट ४० मिटर तल खस्दा नेवार घाईते भएका थिए। उपचारका लागि कोहलपुर मेडिकल कलेज लैजादै गर्दा बाटोमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

कमेन्ट लोड गर्नुस