धनगढी उप–महानगरले छुट्टै सस्थासंग सम्झौता गरेको कार्यक्रममा शाखा अधिकृतको कब्जा

धनगढी उप–महानगरपालिका र युवा शान्ती परिषद नेपाल बिच सम्झौता भएको कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत बिरबहादुर नेपालीले कब्जा जमाएका छन्। चैत १० गते युवा शान्ती परिषद र उप–महानगरपालिका बिच संसदीय अभ्यासको विषयमा कार्यक्रम सञ्चालन गर्न सम्झौता भएकोमा उक्त कार्यक्रम आफै सञ्चालन गर्ने भन्दै शाखा अधिकृतले नेपालीले कब्जा जमाएका हुन्। उनले सम्झौता भएको कार्यक्रम आफैले सञ्चालन गर्ने भन्दै कार्यक्रमका लागि आएको सबै बजेट भुक्तानी समेत लिएका छन्। कार्यक्रम अहिले सम्म सुचारु नै हुँन बाँकी रहेको अवस्थामा शाखा अधिकृत नेपालीले भने कार्यक्रमका लागि संघीय सरकारले दिएको सबै बजेट २ लाख १० हजार भुक्तानी लिएका हुन्। उनले उक्त रकम पेश्कीको नाममा लिएको बताए। तर पेश्की रकम कुल बजेटको २० प्रतिशत मात्र लिन पाउने प्रावधान रहेको छ।
शखा अधिकृत नेपालीले बैशाख २० गते दुई लाख १० हजार कार्यक्रम सञ्चालन नगरी भुक्तानी लिईसकेका हुन। शाखा अधिकृत नेपालीले शिक्षा शाखाको कार्यक्रम उप–महानगरपालिकाको अर्को शाखाले सम्झौता गरेको मान्य नहुँने भएकाले भुक्तानी लिएको प्रतिकृया दिए। उनले जेठ २ गते देखि ५ गतेसम्म कार्यक्रम सञ्चालनको तयारीमा रहेको बताए। धनगढी उप–महानगरपालिकाका सबै वडाबाट दुई जनाका दरले ३८ युवा र १२ जना अन्य गरि ५० जनाको भेला गर्ने र युवाहरुलाई संसदीय अभ्यासको बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको उनले बताए।
कार्यक्रम सञ्चालनका लागि उप–महानगरपालिकासंग सम्झौता गरेको युवा शान्ती परिषद नेपाल कैलाली भने अलमलमा परेको छ। कार्यक्रम सञ्चालनका लागि मेयर, उप–मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्न तयार भएको समयमा विवाद हुँदा समस्या भएको संस्थाका अध्यक्ष प्रेम ढुंगानाले बताए।

