सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा साढे २ वर्षमा ११७ महिलासहित १८ सय ४३ लागुऔषध मुद्‍दामा पक्राउ

२०८० माघ ४, १०:४५ कमल सावद

धनगढी : सुदूरपश्चिम प्रदेशमा साढे २ वर्षमा एक हजार आठ सय ४३ जना लागु औषध प्रयोगकर्ता तथा कारोबारी पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्क अनुसार २०७८÷०७९ सालदेखि हालसम्म १८ सय ४३ जना लागुऔषधको कारोबार तथा सेवन गरेको आरोपमा पक्राउ परेका हुन्।

प्रदेश प्रहरीका अनुसार सुदूरपश्चिममा आर्थिक वर्ष २०७८/०७९ मा पाँच सय ५३ जना लागु औषध सेवन तथा कारोबारको आरोपमा पक्राउ परेका थिए। उनीहरूमा ५ सय २४ पुरुष, २१ महिला र १८ भारतीय नागरिक थिए। उनीहरूमा तीन सय ५३ जनाको विरुद्धमा मुद्‍दा दर्ता गरिएको छ। उनीहरूको साथबाट प्रहरीले एक किलोग्राम पाँच सय ग्राम १५५ मिलिग्राम गाँजा, एक सय १२ किलोग्राम ८४० ग्राम २२८ मिलिग्राम चरेस, एक किलोग्राम ५६ ग्राम ६८५ मिलिग्राम खैरो हिरोइनसमेत बरामद गरिएको थियो।

प्रदेशका प्रहरी कार्यालयहरूले आर्थिक वर्ष २०७९/०८० मा ८५६ जनालाई लागु औषधको कारोबार तथा सेवन गरेको आरोपमा पक्राउ गरेको छ। उनीहरूमा ७७३ पुरुष, ६६ महिला र १७ भारतीय नागरिक रहेका छन्। पक्राउ परेकाहरूमा ५४० जनाको विरुद्धमा मुद्‍दा दर्ता गरिएको छ। प्रदेश प्रहरीका अनुसार उनीहरूको साथबाट ५० किलोग्राम ५०६ ग्राम ५०० मिलिग्राम गाँजा, १०९ किलोग्राम ७१४ ग्राम ५६५ मिलिग्राम चरेस र एक किलोग्राम ४३२ ग्राम ४६२ मिलिग्राम खैरो हिरोइनसमेत बरामद गरिएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म मात्र ४२४ जना लागु औषधको कारोबार तथा सेवन गरेको आरोपमा पक्राउ परेका छन्। उनीहरूमा ३९२ पुरुष, ३० महिला र चार भारतीय नागरिक छन्। चालु आर्थिक वर्षमा लागु औषधको ओसार पसार तथा सेवन गरेको आरोपमा पक्राउ परेकाहरूमा २७८ जनाको विरुद्धमा मुद्‍दा दर्ता भएको छ। उनीहरूको साथबाट पनि प्रहरीले ९१ किलोग्राम ५१५ ग्राम गाँजा, ७२ किलोग्राम २ ग्राम १४२ मिलिग्राम चरेस र ४०३ ग्राम ७२५ मिलिग्राम हिरोइन बरामद गरिएको छ।

सुदूरपश्चिममा ११७ महिला लागुऔषधसहित पक्राउ

सुदूरपश्चिम प्रदेशमा तीन वर्ष नहँदै ११७ महिला लागुऔषधसहित पक्राउ परेका छन्। उनीहरू लागु औषध ओसार्न प्रयोग हुँदै आएका छन्। महिला सेवनकर्ता समेत हुने गरेका प्रदेश प्रहरीले बताएको छ। भारतीय बजारबाट लागु औषधको ओसार्न महिलाको प्रयोग हुने गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीको अभिलेख अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २१ महिला लागु औषधसहित पक्राउ परेका थिए। गत आर्थिक वर्षमा त्यो सङ्ख्या बढेर ६६ पुगेको थियो। चालु आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म मात्र ३० महिला पक्राउ परेका छन।

तीन वर्ष नहुँदै ३९ भारतीय कारोबारी पक्राउ

सुदूरपश्चिममा लागुऔषधको कारोबार तथा सेवन गर्नेहरूमा भारतीय नागरिकसमेत रहेका छन्। उनीहरूलाई नेपाल–भारत सीमा क्षेत्र तथा सिमा क्षेत्रका नेपाली वस्तीहरूबाट पक्राउ गरिएको हो। नेपाली सेवनकर्ताका लागि नियमित लागुऔषधको आपूर्ति गर्ने ३९ जना भारतीय नागरिकलाई नेपाल प्रहरीले साढे २ वर्षमा पक्राउ गरेको छ।

सुदूरपश्चिमका प्रहरी कार्यालयहरूले लागुऔषध कारोबारी तथा सेवनको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ सालदेखि चालु आर्थिक वर्ष पुस मसान्तसम्म ३९ भारतीय नागरिक लागुऔषधको कारोबार गरेको आरोपमा पक्राउ परेका छन्। २०७८/०७९ मा १७ जना भारतीय नागरिक पक्राउ परेका थिए। गत आर्थिक वर्षमा १७ जना भारतीय नागरिक लागु औषधको कारोबार गरेको आरोपमा पक्राउ परेका थिए। चालु आर्थिक वर्षको हालसम्म मात्र चार जना भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका छन्।

सुदूरपश्चिम प्रदेशमा लागु औषधको कारोबारी तथा सेनकर्ताको सङ्ख्या बढ्दै गएको प्रहरीको अभिलेखले देखाएको छ। प्रदेश प्रहरीको अभिलेमा प्रत्येक आर्थिक वर्षमा कारोबारी तथा सेवनकर्ताको सङ्ख्या बढेको देखिएको हो। सुदूरपश्चिममा सीमा क्षेत्रमा ठुलो समस्याका रूपमा रहेको लागु औषधको कारोबार तथा सेवन पहाडी जिल्लाहरूमा समेत फैलिएको घटनाक्रमले देखाएको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस