सुदूर नेपाललाई विश्वसँग जोड्दै

आउँदो आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव

। फोटो स्रोत ।
२०७६ वैशाख २६, ०३:१९ खबर संवाददाता

नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ। संघीय संसदको अर्थ समितिले बिहीबार काठमाण्डौमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि बजेट’ छलफल कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवि नेपालले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएको हो। 

उनले देशमा बढ्दो व्यापार घाटालाई कम गर्न सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए। देशमा अहिले सात खर्ब ८७ अर्ब व्यापार घाटा रहेको भन्दै गभर्नर नेपालले विप्रेषणको भर नपर्न समेत उनले सरकारको ध्यानाकर्षण गराए।

उनले भने, गभर्नर नेपालले देशमा आर्थिक गतिविधिलाई बढावा दिन पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने आवश्यकता छ। चालु आर्थिक वर्षको हालसम्म संघीय सरकारले ३५ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ।

गभर्नर नेपालले पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग आग्रह उनको छ।उनले गभर्नर नेपालले पूँजीगत खर्च बढाउने काम नगरे मुलुकमा आर्थिक गतिविधिले बढावा नपाउने धारणा समेत राखे।  

कमेन्ट लोड गर्नुस