सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक महिला ३ दिनदेखि बेपत्ता

२०८० माघ ३, ०३:५८ खबर संवाददाता

बैतडीः बैतडीमा एक महिला बेपत्ता भएकी छन्।

सुर्नया गाउँपालिका–३ डुङ्गरीकी ६७ वर्षीया सरस्वती ऐर तीन दिनदेखि बेपत्ता भएकी हुन्। सोमवार बिहान घरबाट सरसफाइका लागि हिंडेकी आमा अहिले सम्म सम्पर्क नआएका उनका छोरा मोहन ऐरले बताए। सम्पर्क विहिन आमाको खोजतलास गर्दा पनि अहिले सम्म फेला नपरेका उनले बताए।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उनको खोजीकालागि प्रहरीमा समेत निवेदन दिएको छ। प्रहरीले खाजतलास गरिरहेको छ। बेपत्ता ऐरलाई कहिँकतै कसैले भेटे नजिकको प्रहरी अथवा मोबाइल नम्बर ९८६६५०८०१० मा सम्पर्क गरिदिन आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस