सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिपायल र पाटन विमानस्थलको निर्माणले अझै पूर्णता पाएन

निर्माणाधिन दिपायल विमानस्थल
निर्माणाधिन दिपायल विमानस्थल
२०७६ वैशाख २६, ०२:४१ रोशन भट्ट

डोटीको दिपायल र बैतडीको पाटन विमानस्थल निर्माण कार्यले अझै पुर्णता पाउन सकेको छैन्। निर्माण अवधि सकिएर फेरी म्याद थपेको एक वर्ष पुग्नै लाग्दा समेत विमानस्थल निर्माणको कामले पूर्णता पाउन नसकेको हो। निर्माण व्यवसायीले कामलाई तिव्रता नदिदा यसवर्ष पनि विमानस्थल बन्नेमा आशंका थपिएको छ। विभिन्न कारण देखाउदै निर्माणमा ढिलाई गरिएपछि पुषमै हवाई सेवा सुचारु हुने भनिएका दुवै विमानस्थलको काम अधुरै रहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पाटन विमानस्थल हेरिरहेका ईन्जिनियर नलविक्रम थापाले भने निर्माण व्यवसायीको लापरवाहिका कारण निर्माणमा ढिलाई भएको बताए। दिपायल र पाटन विमास्थल संगै निर्माण सुरु गरिएको अछामको साफेवगर विमानस्थल र देशका अन्य विमानस्थलको निर्माण कार्य सकिएर सुचारु भएको अवस्थामा यी दुई विमानस्थलको निर्माण कार्यले तिव्रता पाउनु नसक्नुमा निर्माण व्यवसायी मुख्य दोषी भएको उनको ठहर छ।

निर्माण अवधि सकिएपनि दिपायल विमानस्थलको निर्माण अवधि दुई पटक थप गरिएको छ भने यो वर्ष पनि काम नसकिने देखिएपछि फेरी म्याद थप गर्ने तयारी भईरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणबाट दिपायल विमानस्थल हेरिरहेका सव–ईन्जिनियर नरेश रानाले बताए। दिपायल विमानस्थल पनि १७ वर्षदेखि गौ चरणमा परिणत भएको छ भने पाटन विमानस्थल पनि लामो समय देखि अलपत्र परेको थियो।

विमानस्थल पुनः निर्माण र कालोपत्रे गर्नमा ढिलासुस्ती र लापरवाही भएपछि हवाई यात्रा गर्ने सपना अधुरै रहेको स्थानीयले गुनासो गर्दैै आएका छन्। सुदूरपश्चिमको आर्थीक समृद्धी संग जोडिएका दुई विमानस्थलको निर्माण कार्य समयमा सकिएको भए यस क्षेत्रको अर्थतन्त्रमा टेवा पुग्ने विश्वस गरिएको थियो। तर ढिलाई गर्ने निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन्।

सवा ११ करोडको लागतमा निर्माण भईरहेका पाटन र दिपायल विमानस्थलमा पाँच सय ९० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्र गरिनेछ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिनेछ। विमानस्थलमा कटिङ, फिटिङ र सव–बेसको काम सकिएको भएपनि कालोपत्रेको काम अझै सुरु नभएको हो।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस