सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज देशको पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु/कुहिरो 

२०८० माघ ३, ०६:१२ खबर संवाददाता

धनगढीः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।

साथै तराई भू–भागमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
 

कमेन्ट लोड गर्नुस