सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको एक घरमा आगलागी, ६० लाखको धनमाल जलेर नष्ट

२०८० माघ २, १२:२३ खबर संवाददाता

बझाङः बझाङमा रहेको एक घरमा आगलागी भएको छ।

जयपृथ्वी नगरपालिका–१० चैनपुर बजारस्थित सनम सिंह ब्यासीको कपडा र किराना पसल रहेको घरमा आगलागी भएको हो।

करेन्ट सर्ट भएर सोमबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट करिब ६० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

कमेन्ट लोड गर्नुस