भारतीय गाडी त्रिशूलीमा खस्यो, मान्छे फेला परेनन्
काठमाडौंः मुग्लिन–नारायणगढ खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित त्रिशूली नदीमा भारतीय गाडी (बोलेरो) खसेको छ।
काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको भारतीय गाडी आज बिहान ४ बजेर ४० मिनेट जाँदा ३ नम्बर पुलनजिक सडकबाट ८०/८५ मिटर तल त्रिशूली नदीको पानीभित्र बत्ती बलेजस्तो देखिएपछि प्रहरीलाई खबर पुगेको थियो। घटनास्थलबाट प्रहरीले बीआर ०९ जीसी १४३० लेखिएको गाडीको नम्बर प्लेट फेला परेको छ।
अहिले विपत् व्यवस्थापनको डुंगासहितको टोली र विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यलाई चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनका अनुसार हालसम्म नम्बर प्लेटबाहेक केही पत्ता लाग्न सकेको छैन।
त्रिशूलीमा खसेको गाडी र त्यसमा रहेका यात्रुको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उद्धारको प्रयास गरिरहेको छ। गाडीमा कति यात्रु थिए खुल्न सकेको छैन। गाडी पूर्ण रुपमा नदीमा डुबेको छ। बोलेरो गाडी सिंगल क्याबिनको रहेको जनाइएको छ। विस्तृत विवरण आउन बाँकी छ।