बझाङका ४ पालिकामा खेलकुद समिति मनोनीत

बझाङः बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा खेलकुद समिति मनोनित गरेको छ।
बझाङ जिल्ला खेलकुद समितिले आज बझाङ जिल्लाका खप्तडछान्ना गाउपालिका , दुर्गाथली गाउपालिका, साईपाल गाउपालि र थलारा गाउपालिकामा खेलकुद समिती मनोनीतत गरेको बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया “ज्वाला“ ले बताए। जसमा खप्तडछान्ना गाउपालिकाको खेलकुद समितिको अध्यक्षमा भीमबहादुर रोकाया, सदस्यमा टिकाराम गिरी, मेखराज रावल र सन्जुदेबि भण्डारी लाई मनोनित गरियको छ।
त्यस्तै दुर्गाथली गाउपालिका खेलकुद समितिको अध्यक्षमा दिनेशबहादुर थापा, सदस्यमा ऐनबहादुर दौल्याल, जोगबहादुर दौल्याल, सरिताकुमारी कडायत (थापा) लाई मनोनित गरेको छ। यस्तै साईपाल गाउपालिका खेलकुद समितिको अध्यक्षमा रनध्वज धामी, सदस्यमा फकिर बोहरा, गोरखनाथ बोहरा, झरनाकुमारि बोहरा र थलारा गाउपालिका खेलकुद समितिको अध्यक्षमा लोकेन्द्र चौहान, सदस्यहरुमा पदम गिरी, रमेश मिजार, दुर्गा देवी खड्का लाई मनोनित गरेको हो।

