टी–२० सिरिजमा न्युजिल्यान्डको लगातार दोस्रो जित
पाकिस्तान र न्युजिल्यान्डबीचको पाँच खेलको टी–२० सिरिजमा घरेलु टिम न्युजिल्यान्डले लगातार दोस्रो खेलमा जित हात पारेको छ।
आइतवार भएको दोस्रो खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई २१ रनले पराजित ग¥यो। न्युजिल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको पाकिस्तान ३ बल खेल्न बाँकी छदा १७३ रनमा अलआउट भयो। पाकिस्तानका लागि बाबर आजमले ६६ रन र फखर जमानले ५० रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा न्युजिल्यान्डका एडम मिल्नेले ४ विकेट लिए। उनले ४ ओभरमा ३३ रन खर्चिए। टिम साउथी, बेन सियर्स र इश सोधीले २–२ विकेट लिए। त्यसअघि टस जितेको पाकिस्तानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा १९४ रन जोड्यो। उसका लागि ओपनर फिन एलनले ४१ बलमा ७ चौका र ५ छक्काको मद्दतमा ७४ रन जोडे भने केन विलियमसनले रिटायर्ड हर्ट हुनुअघि २६ रन र मिचेल सान्टनरले २५ रन बनाए। बलिङमा पाकिस्तानका हरिस रउफले ३ विकेट लिँदा अब्बास अफ्रिदीले २ विकेट हात पारे।