सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल - भारत सीमा नाका तीन दिनका लागि बन्द हुने

। फोटो स्रोत ।
२०७६ वैशाख २६, १०:४१ खबर संवाददाता

भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने चुनावको सुरक्षालाई मध्यनजर गर्दे तीन दिनका लागि नेपाल भारत सीमा नाका बनद हुने भएको छ। शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द गरिने कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिए।  दुई देशका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको सहमतिमा सीमा नाका बन्द गर्न लागिएको हो।

भारतको सिद्धार्थनगर जिल्लासँग जाडीएका सीमा कपिलवस्तु र रुपन्देही अन्तर्गतका नेपाली सीमा नाका तीन दिन बन्द गरिने भएको हो। तर यो अवधिमा बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुवै देशका सुरक्षाकर्मीको समन्वय गरी आवत–जावत गर्ने व्यवस्था मिलाइएको छ भने, यो अवधिमा अन्य कुनै प्रकारको ओसार पसार तथा आवतजावत भने पूर्ण रुपमा बन्द रहने छ आर्यालले जानकारी दिए। 

सीमा क्षेत्रमा कुनै पनि प्रकारका अवैध गतिविधिहरु सञ्चालन हुन नदिन दुवै देशका सीमा क्षेत्रका सुरक्षाकर्मीहरुको संयुक्त गस्ती र निगरानी समेत बढाइएको सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस