राष्ट्र सेवक बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न
धनगढीः कैलालीको धनगढीमा रहेको श्री राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधरण सभा सम्पन्न भएको छ। पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सन्तोष शर्मा थापाको प्रमुख अथित्यमा सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएको हो।
उनले सहकारीका मूल्य मान्यता, सिद्धान्त अनुसार सहकारीहरु अगाडि बढ्नुपर्ने बताइन्। तीन खम्बे नीति अन्र्तगत सहकारी पनि एक खम्बा भएकाले आर्थिक विकासमा महत्पूर्ण भूमिका रहेको उनले बताइन्। प्रदेश सरकारले सहकारीहरूलाई उच्च प्राथमिकता राखेर आवश्यक नीति बनाउन आफू लागिपर्ने समेत उनले बताइन्।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका सदस्य लक्ष्मण खड्काले सहकारी संस्थाले निम्न आए भएकाहरूलाई बचत गर्ने बानी बसालेको बताए। उनले अहिले सहकारीमा थुप्रै समस्या देखिएको बताउँदै सहकारीको मूल्य र मान्यता अनुसार सहकारी चलाउन आवश्यक रहेको बताए।
कार्यक्रममा विभिन्न व्यक्तिहरूले सहकारी संस्थाले आर्थिक क्षेत्रमा पुगाएको योगदानका बारेमा चर्चा गरेका थिए। कार्यक्रममा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार भूपेन्द्र थापा, जयदेव जोशी, जनकराज जोशी, श्यामराज पाण्डेय, रामचन्द्र जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सहकारीका ५५९ जना शेयर सदस्यहरू रहेका छन्। तर, ४५२ जनाले मात्र नियमित बचत गर्दै आएका सहकारीले बताएको छ। उनीहरूमा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको छ। शेयर सदस्यहरू मध्येबाट जेष्ठ सदस्य प्रेम ठकुल्ला, धर्मराज जैशी, रामचन्दी दमाईलाई सम्मानित गरिएको छ। नियमित बचत कर्ता तर्फ प्रेमबहादुर बोहरा, धौली केसी, असल ऋणीतर्फ ओमप्रकाश बोहरा र सरितकुमारी थापालाई सम्मानित गरेको छ। यस्तै शेयर सदस्यका छोरा÷छोरी मध्येबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पनि सम्मान गरेको छ। सम्मानित हुनेमा दुर्गा अधिकारीका छोरा सार्थक आचार्य तथा हिमाल गिरीकी छोरी सुभेच्छा रहेकी छन्।
संस्थाका अध्यक्ष लोकराज पनेरुको अध्यक्षतमा भएको कार्यक्रम सञ्चालन सचिव धर्मराज चौधरीले गरेका हुन्।
विद्यालयलाई सहयोग
सो सहकारीले हरेक वर्ष सामाजिक सेवामा पनि सहयोग गर्दै आएको छ। सो कार्य अन्तर्गत अत्तरियामा सञ्चालित सुप समावेशी आधारभूत विद्यालयमा आश्रित बालबालिकालाई सहयोग गरेको छ।
आश्रित बालबालिकालाई १० वटा कम्मल, एक सय २५ किलोग्राम चामल, २५ किलोग्राम दाल, नुन सहयोग गरेको सहकारीका व्यवस्थापक प्रवेश श्रेष्ठले बताए।