सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक उन्मुक्तिको महासचिवमा धर्म र गंगाबिच भिडन्त

२०८० पुष २७, ०६:०५ खबर संवाददाता

धनगढीः  नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनबाट महासचिव बाहेकका सबै पदाधिकारीमा निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार महासचिवमा धर्मबहादुर चौैधरी र गंगाराम चौधरीको उम्मेदवारी परेको छ। सोही पदमा ठाकुरसिंह थारुले पनि मनोनयन दर्ता गरेका थिए। तर, थारु सहमतिका लागि मनोनयन फिर्ता गरिसकेका छन्।

महासचिवमा सहमतिका निम्ति  छलफल भएता पनि कुनै टुङ्गो लाग्न नसके पछि निर्वाचन समितिका टिमले मतदानमा जाने तयारी भएको जनाएको छ। धर्म चौधरी लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री हुन् भने गंगाराम प्रतिनिधिसभा सदस्य हुन्।
 

कमेन्ट लोड गर्नुस