सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका विपीन सुरक्षित छन्, रिहाइको पहल भइरहेको परराष्ट्रमन्त्रीको दाबी

२०८० पुष २७, ०२:३८ खबर संवाददाता

डडेल्धुराः कञ्चनपुरका विपीन सुरक्षित रहेकाले रिहाइको पहल भइरहेको परराष्ट्रमन्त्री एनपी साउँदले दाबी गरेका छन्।

इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको रिहाइको पहल गरिरहेको परराष्ट्र मन्त्री साउदले आश्वासन दिएका छन्। शुक्रबार डडेलधुरामा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले जोशीको उद्धारका लागि सरकारले पहल गरिरहेको बताए। ‘विपिन जोशीसमेत १३२ जना अहिले पनि हमासको नियन्त्रणमा छन्।

हामीले रिहाइका लागि इमान्दार प्रयास गरिरहेका छौँ। युद्धबन्दीकोरुपमा विपिन जोशीको जीवन सुरक्षित छ।,’ उनले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारे। उनले विद्यार्थी भिसा र भिजिट भिसा लगायतमा रुस पुगेकाहरूले त्यहाँको सेनामा भर्ती भएको र जोखिममा परेको बताए। ‘आठ वटा शवहरू अहिले त्यहाँको शव गृहमा राखिएको कुरा मसँग आएको छ।

हामीले ती शव नेपाल ल्याउनका लागि कूटनीतिक पहल गरिरहेका छौँ,’ उनले भने, ‘त्यसबाहेक १३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्यहरु त्यहाँ पुगेको र जोखिममा परेको भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ।’

कमेन्ट लोड गर्नुस